क्‍वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना



धनकुटा : आइतबार जिल्लाका दुई प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका २५ र २६ वर्षीय पुरुष प्रहरीमा संक्रमण पुष्टि भएको धनकुटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

विराटनगरबाट सरुवा भएर आएका उनीहरुको गत बिहीबार स्वाब नमुना संकलन गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो । आइतबार स्वाब नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका दुवै धनकुटा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा खटिँदै आएका थिए । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा राखिएको छ ।

योसहित धनकुटामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २० पुगेको छ । जसमध्ये १७ जना निको भएर घर फर्किएका छन भने एक जनाको विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्