साझाकाे विद्युतीय बस सेवा अारम्भ



काठमाडाैं : साझा यातायात प्रालिले काठमाडाैंमा विद्युत्तीय बस सेवा अारम्भ गरेको छ ।

 

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले अाजा बिहान विद्युत्तीय साझा बस सेवाकाे उद्घाटन गरेका छन् ।

 

उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

 

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बस खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

 

चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा लडान गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्