बार एसोसिएसन चुनाव रस्साकसी : कसले मार्ला बाजी ? 



काठमाडाैं : नेपाल बार एसोसिएसनमा चुनावी सरगर्मी बढेको छ। अध्यक्षका पदका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता सुनीलकुमार पोखरेलले आ–आफनै जितको दाबी गरेका छन्। सत्तारुढ नेकपा निकट नेपाल लयर्स एसोसिएसन (एनएलए)बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले आफू विजयी हुने र नेपाल बार एसोसिएसनलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भने  कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) तर्फका अध्यक्षका उम्मेदवार पोखरेलले आफू विजयी हुने र न्यायालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरेलले राजनीतिक हस्तक्षेपमुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको बताए। आफू विजयी हुने सुनिश्चित भएको दाबी गर्दै उनले न्यायालयलाई स्वतन्त्र न्यायालयको रुपमा विकास गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन्।

न्यायापालिकामा रहेका विकृति सुधार्नु नै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाइ छ। उनले आफूले बारको भिजन र मिसनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए। उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानुन व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन ‘जुडिसिएल ट्रेन्ड एनालाइसिस’को सुरुआत गर्न आफूले उम्मेदवारी दिएको र जित सुनिश्चित रहेको दाबी गरे।

आफूले देशभरिका कानुन व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले सुनाए। त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए। बार र अदालतलाई रिफर्म गर्ने एजेण्डासहित आफू चूनावी मैदानमा होमिएको उनले सुनाए।

उनले नेतृत्वको लागि स्वस्थ प्रतिस्पर्धा हुने बताए। नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार निर्वाचन हुँदै छ । पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह निर्वाचनमा होमिएका छन्।

नेपाल बार एसोसिएसनको केन्द्रीय समितिमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष १÷१ जना रहने व्यवस्था गरिएको छ भने उपाध्यक्षमा भने प्रत्येक प्रदेशबाट १÷१ जनासहित ८ जना निर्वाचित हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस्