झरनाको ठाउँ लिनेछिन् उनकी छोरी सुहानाले



काठमाडाैं : अभिनेत्री तथा निर्देशक झरना थापाले छोरी सुहानाले फिल्म क्षेत्रमा आफ्नो झै पहिचान बनाउन सफल हुने बताएकी छन् । बुधबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा झरनाले सुहानाको अभिनयको समेत तारिफ गरिन् ।

‘मैले जसरी अभिनयको माध्यमले तपाइको मन मस्तिष्कमा बस्न सफल भए । यहाँहरुलाई रिझाउन सके’ उनले भनिन् ‘सुहानाले पनि मेरो बाटो पहिल्याउने छिन् । मलाई बिश्वास छ । उनी पनि तपाइको रोजाइमा पर्नेछिन् ।’ सुहानाले फिल्म ‘ए मेरो हजुर ३’मा राम्रो अभिनय गरेको उनले दाबी गरिन् ।

२९ चैतबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’ सुहानाको डेब्यु फिल्म हो । झरना थापाकै निर्देशन रहेको फिल्ममा उनी अनमोल केसीको जोडी बनेकी छन् । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, निर्माता सुनिलकुमार थापा लगायतका फिल्मकर्मी उपसिथ्त कार्यक्रममा अभिनेता अनमोलले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

आफ्नो फिल्म ‘ए मेरो हजुर ३’ दर्शकले रुचाउने उनले सुनाए ।फिल्मको ट्रेलर भने बिहीवार दिउँसो मात्र युटयुबबाट सार्वजनिक हुदैछ । अनमोलले  सुपरस्टार गायक र एक साधारण युवकको दुई भुमिका निर्बाह गरेको फिल्म झरनाको श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्