भारतीय विदेश सचिव गोखले र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं : भारतीय विदेश सचिव विजय गोखले र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएकोप्रधानमन्त्री कार्यालयले जनाएको छ । 

भेटका क्रममा गोखलेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पनि दिएका छन् । गोखले बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्