ललितपुर महानगरपालिकाका अमिन घुस रकमसहित पक्राउ



ललितपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिकाका अमिन वीरेन्द्र चन्दलाई २० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

महानगरपालिकाको नक्सा शाखामा कार्यरत चन्दले जग्गाको प्राविधिकमार्फत नापँजाच गरी क्षेत्रफल सिफारिस गर्न सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनापछि आयोगको स्टिङ अप्रेसन टोली सक्रिय भएको थियो ।

चन्दलाई महानगरपालिका परिसरबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । चन्दलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्