बसको ठक्करले पैदल यात्रीको मुत्यु



तनहुँ : तनहुँको दुलेगौँडा बजारमा सडक पार गर्ने क्रममा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार दिउँसो पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना६ख ८४११ नम्बरको बसको ठक्करबाट शुक्लागण्डकी नगरपालिका–५ सिलामघारीकी ७० वर्षीया वृद्धा सावित्री खत्रीको मृत्यु भएको हो। 

गम्भीर घाइते उनलाई दुलेगौँडास्थित तनहुँ सेवा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनास्थलमा खटिएको प्रहरीले ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

प्रतिक्रिया दिनुहोस्