कोरोना भाइरस : यी १० देश जहाँ कोरोनाले छुन सकेको छैन


काठमाडौं : कोरोना भाइरस रोग (कोभिड(१९)ले अहिले संसार आक्रान्त बनेको छ । संसारलाई नै नराम्ररी प्रभावित बनाएको कोरोनाले लाखौं मानिसको ज्यान लिइसकेको छ भने लाखौं मानिस मृत्युसँग लड्दै अस्पतालमा उपचाररत छन् । तर केही यस्तो देश पनि छ, जहाँ अहिलेसम्म कोरोनाले छुनसमेत सकेको छैन । कोरोना के हो भन्ने कुरा त्यहाँ कसैलाई थाहा पनि छैन ।

हो, विश्वका अधिकांश देशलाई प्रभावित पारेको कोरोनाले यी १० वटा देशमा अहिलेसम्म कुनै प्रभाव पार्नसकेको छैन । यी देश अहिलेसम्म कोरोना महामारीबाट मुक्त छन्। तिनले के गरेर कोरोना भाइरसलाई आफ्नो भूमिमा छिर्न दिएनन् र अहिले तिनको अवस्था कस्तो छ? भन्ने जानकारी यहाँ दिइएको छः

यी हुन् १० देश, जहाँ कोभिड छैन

पलाउ
माईक्रोनेशिया
मार्शल आईलन्ड्स
नाउरु
किरीबाटी
सोलोमन आईलन्ड्स
टुभालु
समोआ
भानुआटु
टोङ्गा
पलाउ होटल सन् १९८२ मा खोलिएको हो। चारैतिर नीलो समुद्रले घेरिएको यो सानो देशमा त्यतिखेर व्यापक रूपमा पर्यटन सुरु भएकै थिएन। सन् २०१९ मा पलाउमा ९० हजार पर्यटक आए। उक्त सङ्ख्या त्यहाँको जनसङ्ख्याको पाँचगुना बढी हो। सन् २०१७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ४० प्रतिशत योगदान रहेको जनाएको थियो।

तर त्यो सबै अब कोभिडभन्दा पहिलेको समय हो। गत मार्च महिनादेखि नै पलाउका सीमा बन्द गरिएका छन्। पलाउ विश्वभरिका १० देशमध्ये पर्छ जहाँ अहिलेसम्म एउटा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छैन। यहाँ संयुक्त राष्ट्रसङ्घका पूर्ण सदस्य देशहरू मात्रै गनिएको छ र यसमा उत्तर कोरिया तथा तुर्केमेनिस्तानलाई समावेश गरिएको छैन।

यद्यपि यहाँ एक जनामा पनि सङ्क्रमण नभईकनै भाइरसले यो देशलाई आघात पारिरहेको छ। पलाउ होटल मार्चदेखि बन्द रहेको छ। त्यहाँका रेस्टुराँ रित्ता छन्। कोसेली बेच्ने पसलहरू बन्द छन्। होटलका पाहुना भनेका स्वदेश फर्किएर क्वारेन्टिनमा राखिएकाहरू मात्र छन्।

संसारमा अन्यत्रभन्दा यहाँका समुद्र राम्रा छन्, पलाउ होटलका सहसंस्थापक ब्रायन ली भन्छन्। यही नीलो सागरले ब्रायनलाई व्यस्त राख्थ्यो। कोभिडभन्दा पहिले उनको होटलका ५४ कोठामध्ये ७० देखि ८० प्रतिशत भरिन्थे। तर अहिले खाली छन्। आफ्ना २० जना कर्मचारीलाई हाल पालिरहेको उनले बताए। अर्को छ महिना धान्न सक्ने उनको विश्वास छ। त्यसपछि भने होटल बन्द गर्न बाध्य हुनसक्ने उनी बताउँछन्। उनी सरकारलाई दोष दिन चाहँदैनन्। कम्तीमा भाइरस छिर्न नदिएकोमा खुसी छन्।

त्यहाँका राष्ट्रपतिले हालै सेप्टेम्बर १ तारिखदेखि आवश्यक हवाई यात्रा सुरु गर्ने बताएका छन्। साथै ताइवानबाट पर्यटक ल्याउनेबारे कुराकानी भइरहेको छ । त्यो छिटो भइदिए हुन्थ्यो भन्ने ब्रायनलाई लाग्छ। न्यूजिल्यान्ड तथा अन्य त्यस्तै देशसँग यात्रा सम्पर्क थाल्नुपर्ने उनको धारणा छ। नत्र जीविका अप्ठ्यारोमा पर्ने उनी बताउँछन्।

करिब चारहजार किलोमिटर पूर्वमा रहेको मार्शल आईलन्ड्स पनि भाइरसमुक्त छ। तर पलाउजस्तै भाइरस नहुँदैमा प्रभाव नपरेको चाहिँ छैन। त्यहाँका होटलहरूको पनि हालत उस्तै छ। देशभरिमा सातसय जागिर गुम्ने ठानिएको छ। जुन सन् १९९७ यताकै खराब अवस्था हो। तीमध्ये २५८ जागिर होटल तथा रेस्टुराँ क्षेत्रका हुन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

काठमाडौंः सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

काठमाडौंः १३ विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विभिन्न माग राख्दै ७ दिने अल्टिमेटम दिएका

कास्की– अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा

बाजुरा- बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाग लिने

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका

मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी