कार्यकर्तालाई पैसा बाँडेर देशमा सम्बृद्धि आउँदैन : नेता पौडेल



जनकपुरधाम : नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार जनतामुखी नभई कायकर्तामुखी भएको आरोप लगाएका छन्। प्रेस युनियन धनुषाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले कार्यकर्तालाई पैसा बाँडेर देशमा सम्बृद्धि नआउने भन्दै वर्तमान सरकारलाई व्यङ्ग्य गरे।

पौडेलले भने, ‘रोजगारी समस्या समाधानका लागि नयाँ उद्योग स्थापना र पुराना उद्योगलाई सञ्चालनमा ल्याउनुपर्‍यो नि, कार्यकर्तालाई पैसा बाँडेर हुन्छ ? नेता पौडेलले वाइड बडी प्रकरणमा अर्बौँ भ्रष्टाचार भए पनि सरकारले यसलाई गुपचुप राख्न खोजेको आरोप लगाए।

हरेक क्षेत्रमा भ्रष्टाचार भइरहँदा सरकार मौन बस्नुले सरकार नै भ्रष्टाचारीको संरक्षक प्रमाणित भएको उनले बताए। नेता पौडेलले प्राकृतिक सम्पदा र श्रोत साधनलाई प्रयोग गर्न सकिए मात्रै पनि नेपाल भारत र चीनभन्दा सम्बृद्ध बन्ने दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्