को हुन् अन्डरवर्ल्ड डन दाउदको सबैभन्दा ठूलो कमजोरी ?



नयाँ दिल्ली– तपाईंले बलिउड र अंडरवर्ल्ड बीचको सम्बन्धको बारेमा धेरै पटक सुन्नुभएको हुनुपर्छ । एक पटक अन्डरवर्ल्ड डनको रुपमा परिचित दाउद इब्राहिमको बलिउडमा ठूलो प्रभाव थियो । उनी केवल चलचित्रहरूमा लगानी मात्रै गर्दैन थिए तर उनको निर्देशनमा ठूला फिल्म स्टारहरू उनको घरमा हुने गरेको पार्टीमा पनि सहभागि हुन्थे । तर यस्तो देखिन्छ दाऊदको त्यो शौक अझै समाप्त भएको छैन ।

यो कथाको शुरुवात सन् २०१९ मा भएको हो । जब पाकिस्तानी फिल्महरूमा काम गरिरहेकी एक अभिनेत्रीलाई त्यहाँको एक ठूलो नागरिक पुरस्कार ‘तमगा–ए–इम्तियाज’ले सम्मानित गरियो । यस अभिनेत्रीको नाम महविश हयात हो । ३७ वर्षीय हयातलाई को हो भनेर केही वर्ष अघिसम्म कसैलाई पनि थाहा थिएन् । तर आज उनी पाकिस्तानको मिडिया र ग्लैमर उद्योगको ठूलो अनुहार बन्न पुगेकी छिन् ।

२०१९ मा जब महविशलाई तमगा–ए–इम्तियाज दिइयो धेरै मानिसहरूले प्रश्न उठाए कि एक अज्ञात र मध्यम अभिनेत्रीले के गरिन् कि उनलाई यति ठूलो सम्मान दिइयो? यसपछि वेब पोर्टलमा समाचार प्रकाशित भयो जहाँ लेखिएको थियो– ‘महविशलाई दिइएको यो सम्मानबाट पाकिस्तानको फिल्म जगत स्तब्ध’ । यस अगाडि महविशलाई तमगा–ए–इम्तियाज दिनुको कारण उनको चलचित्र जगतको योगदान पनि लेखिएको थियो । तर त्यसपछि लेखिएको थियो– ‘ वा यस पुरस्कारपछि को कारण कराचीमा बस्ने एक शक्तिशाली व्यक्ति हुन्, जो पाकिस्तानको सत्ताधारी पार्टी पाकिस्तान–तहरीक–ए–इन्साफ (पिटिआई) मा छन् ।’

यो समाचार प्रकाशित भएपछि महविश ट्रोल पनि भएकी थिइन् । उनले यो सबै खबरहरूको खण्डन गर्दै आफू विरुद्धको षडयन्त्र भएको बताएकी थिइन् ।

अब आफैलाई विचार गर्नुहोस् जो यो समयमा पाकिस्तानको कराचीमा बस्ने सबैभन्दा शक्तिशाली व्यक्ति को हुनसक्छ ? त्यस्तो व्यक्ति को हो जसको प्रभाव पाकिस्तान, सरकार, सेना र पाकिस्तानको खुफिया एजेन्सीहरूमा छ ?

अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार दाउद इब्राहिम यी दिनहरूमा एक पाकिस्तानी फिल्म अभिनेत्रीसँग निरन्तर सम्पर्कमा छन् र यो अभिनेत्री दाउदको सबैभन्दा ठूलो कमजोरी पनि हुन् ।

आफ्नो क्यारियरको शुरुवातमा माहविश हयातले एउटा आइटम नम्बर गरिन् जसका कारण उनी लाइम लाइटमा आइन् र उनी माथि कराचीका एक प्रभावशाली व्यक्तिसँग सम्पर्क भएको कारण चलचित्रहरूमा अभिनय गर्ने अवसरहरू पाएको भन्ने आरोप पनि लागेको थियो । फिल्म उद्योगमा त उनको हस्तक्षप रहयो नै सरकारमा पनि महविशको हस्तक्षेप बढ्दै गएको बताइन्छ ।

दाउदको अझै पनि फिल्म क्षेत्रमा प्रभावशाली छन् भन्ने कुरा स्पष्ट छ । यदि दाउद कसैलाई मन पराउँछन् वा नजिक छन् भने उनीहरूलाई धेरै माथि पु¥याउन सक्छन् ।

जब महविशले तमगा–ए–इम्तयाज पाएकी थिइन तब पाकिस्तानका दूरसञ्चार मन्त्री फवाद चौधरीले एक पटक मात्रै भेट भएको भएपनि उनै इशारामा उक्त पुरस्कार दिइएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्