विप्लवलाई वार्तामा ल्याउन सरकार लचिलो बन्नुपर्छ : गच्छदार



इटहरी : नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकार लचिलो बन्नुपर्ने बताएका छन्। उनले शान्तिपूर्ण बाटोबाटै समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरे।

सुनसरीको इटहरीमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा नेता गच्छदारले विप्लवले पनि हिंसात्मक गतिविधी त्याग्नुपर्ने बताए। ‘सरकारले विप्लवसँग संवाद र सहमति गर्नुपर्छ’, उपसभापति गच्छदारले भने, ‘कुनै पार्टीलाई प्रतिबन्ध लगाएर वा निषेध गरेर मात्रै समस्याको समाधान हुँदैन्।’ उनले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरे।

‘कांग्रेसकै पहलमा प्रचण्डले नेतृत्व गरेको तत्कालिन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकाले अब विप्लवलाई पनि कांग्रेसले आह्वान गर्छ, हिंसात्मक राजनीतिक छाडेर शान्तिपूर्ण राजनीतिमा आउनुहोस’, उनले भने। 

सरकारलाई कांग्रेसले संवाद र छलफलबाट समस्याको समाधान खोज्न सचेत गराएको भन्दै उनले भने, ‘विप्लवलाई प्रतिबन्ध लगाउनुअघि सरकारले सबै प्रकारबाट प्रयास गर्नुपथ्यो।’ सीके राउतलाई सरकारले सहमति गरी मूल धारको राजनीतिमा ल्याउनु सकारात्मक भए पनि परिणममुखी हुने/नहुने हेर्न बाँकी भएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्