विप्लव भन्छन् : कपोकल्पित समाचार सम्प्रेषण पत्रकारिता होइन (विज्ञप्तिसहित)



काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केही दिनदेखि नेपालका कर्पोरेट हाउसद्वारा सञ्चालित सञ्चारमाध्यमले पार्टी, आन्दोलन र नेताका बारेमा असत्य, अस्वाभाविक र भ्रामक समाचार प्रकाशन/प्रसारण गरेको भन्दै आपत्ति जनाएको छ । 

बिहिबार विज्ञप्ति जारी गर्दै पार्टीले केही सञ्चार माध्यम ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’ नीतिका आधारमा लगानी र विज्ञापन बढाउने कार्यमा लागेको आरोप लगाएको हो । 

पार्टी विरुद्ध हुँदै नभएका कपोकल्पित समाचार सम्प्रेषण गर्नु पत्रकारिता नभएको पनि विज्ञप्तिमा जनाइएको छ । 

भ्रामक र असत्य समाचार जनता र राष्ट्रका लागि घातक हुने जनाइएको विज्ञप्तिमा नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनका बैठान गलत तरिकाले हुन गई देश र जनतालाई धोका भएको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्