भारतीय सुप्रसिद्ध संगीतकार अनु मलिक इन्डियन अाइडलकाे जजबाट निस्किए या निकालिए ?



बीबीसी : भारतको चर्चित रियालिटी सो इन्डियन आइडलका जज अनु मलिक उक्त रियालिटी सोबाट बाहिरिएका खबर प्राप्त भएको छ ।

 

भारतमा यौन दुव्र्यवहारविरुद्ध चलिरहेको ‘मि टु’ अभियानमा मुछिएपछि उनी सोनी टेलिभिजनबाट प्रसारित कार्यक्रमबाट टाढिएका हुन् । उनलाई श्वेता पण्डित र सोना महापात्र नाम गरेकी गायिकाले यस्तो आरोप लगाएका हुन् ।

उक्त आरोपपछि सोनी टीभीले अनु मलिकसँग बयान लिएको थियो । बयानपछि मलिकलाई कार्यक्रमबाट हटाइएको हो । सोनी टीभीको बयानमा भनिएको छ, ‘अनु मलिक अब इन्डियन आइडलको पूरै टिमबाटबाहिरिएका छन् । तर, सो पहिले जसरी चलिरहने छ । हामी सो मा भारतीय संसंगीतका हस्तीहरु बोलाउने छौं । उनीहरु विशाल र नेहाका साथ मिलेर इन्डियन आइडल १० को खोजी गर्नेछन् ।

 

समाचार एजेन्सी पीटीआईका अनुसार अनु मलिकले बयानमा भनेका छन्, ‘मैले इन्डियन आइडलबाट बे्रक लिने फैसला गरेको छु । किनकी मैले मेरो काममा ध्यान दिन पाइरहेको छैन । च्यानल पनि मेरो कुरामा सहमत भयो । 

 

यस्ताे थियो कारण

मि टु अर्थात् महिलामाथि भएका यौन दुव्र्यवहारविरुद्धको साझा घटनाको अभियान हो । यही अभियानअनुसार गायिका पण्डितले आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेकी थिइन् । 

सोनाले लेखेकी थिइन् –‘साल २००० मा मोहब्बते फिल्मसँगै मेरो करिअर पनि सुरु भएको थियो । म नयाँ गीतको खोजीमा थिएँ, ता कि सफलतालाई बचाइ राखुँ । मलाइ त्यसबेला अनु मलिकको मेनेजरको फोन आयो । सन् २००१ मा मलाई अँधेरीको एम्पाएर स्टुडियोबाट फोन आयो । अरु सिंगर जस्तै म पनि जोसका साथ त्यहाँ गएँ । एक क्याबिनमा म र अनु मलिक सँगै थियौं । बिनासंगीत अनुले मलाई गीत गाउन भने । गीत सुनेपछि अनुले गायक शान र सुनिधिसँग मलाई गीत गाउने मौका दिने बताए । तर, मलाई किस गर भने । यसो भनिरहँदा अनु मुस्कुराइरहे । मेरो नजरमा यो साह्रै खराब मुस्कान थियो । त्यसबेला म सिर्फ १५ वर्षको थिएँ । कसैले कल्पना पनि गर्न सक्दैन कि त्यो कस्तो क्षण थियो भनेर ।'  

 

प्रतिक्रिया दिनुहोस्