प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अवितरित हक प्रद रकम फिर्ता



काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रावण १२ गतेदेखि श्रावण १९ गतेसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेको सर्वसाधारण समूहको अवितरित हक प्रद शेयर बाँडफाँड गरेको छ ।

कम्पनीको हक प्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले उक्त हकप्रद शेयर भाद्र ७ गते बाँडफाँड गरेको हो । अवितरित हकप्रद शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम आज (मंगलबार) देखि फिर्ता भएको छ ।

आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपिएस मार्फत रकमान्तर गर्न सक्ने छन् ।

प्रकाशितः ९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्