एसइई परीक्षा सुरु हुनुअघि आज पनि सामाजिक बिषयकाे प्रश्नपत्र बाहिरियाे



राजविराज– सप्तरीमा एसइई परीक्षा अगाबै अनिवार्य सामाजिक विषयको प्रश्न पत्र आउट भएकाे छ । परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि बिहान ६ बजे नै प्रश्नपत्र बाहिरिएको छ। 

परीक्षा सुरु हुनुपूर्व नै प्रश्न पत्र बाहिरिएको विषय सत्य भएको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए। प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए। 

यसअघि बुधबार साँझ पनि विज्ञान विषयको प्रश्न पत्र आउट भएको हल्ला चलेको थियो। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा प्रश्न पत्र पोष्ट भएका थिए। हिजाे पनि विज्ञान विषयको प्रश्न पत्र बाहिरिदा परिक्षा रद्द भएकाे थियाे । 

 

प्रतिक्रिया दिनुहोस्