नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमबाट मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। ३ सय १३ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा मंगलबार थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्