आज मेघ गर्जनसहित वर्षा हुने संभावना, तापक्रम भने बढ्यो



काठमाडौं : शुक्रबार काठमाडौ उपत्यकासहित पूर्व र पश्चिमका एक, दुई स्थानमा मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको छ।  शुक्रबार दिउँसो देशका केहि स्थानमा मेघ गञ्र्जनसहित वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै शुक्रबार दिनभर देशका अधिकासं स्थानको मौसम बदली हुने संभावना देखिएको महाशाखाका मौसमवीद् सुवास रिमालले जानकारी दिए। देशका हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको समेत संभावना गरहेको छ।

उपत्यकामा बिहिबारदेखि नै मौसम बदली भएकाले विगत दुई दिनको  तुलनामा उपत्यकाको तापक्रम बढेको छ। उपत्यकाको न्युनतम तापक्रम शुक्रबार १४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। दिउँसो तापक्रम बढेर २५ देखि २७ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्