परीक्षा रद्द भएपछि विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, एक दर्जनबढी घाइते ( फाेटाे फिचर )



काठमाडाैंः परीक्षा रद्द गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको  गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् । शुक्रबारको पनि परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् ।

शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएको छ । सो क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ । 

एसईईकाे सामाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि, प्रदेश २ मा आजको परीक्षा स्थगित

 

 

प्रतिक्रिया दिनुहोस्