अपडेट: एसइई परीक्षा रद्द गरेको भन्दै विद्यार्थी आक्राेशित, प्रदेश २ तनावग्रस्त



जनकपुरः  एसइईअन्तर्गत शुक्रबार हुने अनिवार्य सामाजिक विषयको प्रश्नपत्र आउट भएको भन्दै परीक्षा स्थगित भएपछि प्रदेश २ का अधिकांश जिल्लामा विद्यार्थीले प्रदर्शन सुरु गरेका छन्।

विरगञ्ज, धनुषा, सप्तरी लगायतका जिल्लामा प्रदर्शन भइरहेको छ।  नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका हुन्।

विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको पीडारी चौकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले सामाजिक विकास मन्त्री राजीनामा दे भन्दै प्रदर्शन र चक्का जाम ग़रेको छ । साथै प्रदेश २ मा मुख्य मन्त्री कार्यालयमा विद्यार्थीेले ढुङ्गा मूढासमेत गरेका छन् ।

शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेद्र यादव, सामाजिक विकाश मन्त्री नवल किशोर साहलगायत धनुषा जिल्लाका सुरक्षा निकायकाबीच सामाजिक विकास मन्त्री सरकारी निबासमा आपातकालीन बैठक बसेकाे छ । 

परीक्षा रद्द गरेको भन्दै विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, एक दर्जन भन्दा बढी विद्यार्थी घाइते ( फाेटाे फिचर )

प्रतिक्रिया दिनुहोस्