गुडिरहेको फोर्स गाडीमा आगो लाग्यो



कैलाली : कैलालीको अत्तरियामा गुडिरहेको फोर्स गाडीमा मा एक्कासि आगलागी भएको छ । महेन्द्रनगरबाट नेपालगन्ज तर्फ जाँदै गरेको नमस्ते शुक्लाफाटा यातायातको बा४ख ५८६८ नम्बरको बसमा अत्तरियाको मुख्य चोकमा पुगेपछि एक्कासि आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । गोदावरी नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए ।

आगलागीबाट गाडी पूर्ण रूपमा जलेपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्