भारतीय सर्वाेच्च अदालतकाे फैसला : दीपावलीमा दुई घन्टा मात्र पटका पड्काउन पाइने



काठमाडौ : भारतीय सर्वोच्च अदालतले पटका पड्काउने समयसम्बन्धी एउटा फैसला गरिदिएकाे छ । विशेषगरी दीपावलीमा पड्काइने पटका पूर्ण रुपमा रोक्न अस्वीकार गर्दै अदालतले दुई घन्टाको समयसीमा तोकेको छ। तीन जना बालबालिकाकाे तर्फबाट दायर उक्त रिटमा भारतीय सर्वोच्च अदालतले यस्तो निर्णय सुनाएकाे हाे । 

 

उनीहरुको निवेदनमा पटकाका कारण दिल्लीमा प्रदूषण उच्च गतिमा हुदाँ आफ्नो शारीरिक वृद्धिमा समेत असर गरेकाले पूर्ण रुपमा रोक लगाउन माग गरेका थिए।

 

दीपावली पहिला पटका बिक्रीको लागि अदालतले यस्तो फैसला सुनाएको हो। अदालतले केही निश्चित शर्तहरु तोक्दै पटका बिक्री गर्न सकिने आफ्नो आदेशमा भनेको छ। पटका कारण प्रदूषण नहुने कोसिस भने कायम राख्न सर्वाेच्चले भनेको छ।

 

सर्वोच्चले पटका पड्काउने समयअवधि पनि तोकेको छ। दीपावालीमा राति ८ बजेदेखि १० बजेसम्म र क्रिसमस र नयाँ वर्षमा राति ११:४५ देखि १२ः१५ सम्म पटका पड्काउन रोक लगाएको छ। यसबाहेकको समयमा कुनै पनि अनलाइनले पटका बिक्री गर्न नपाउने आदेशमा उल्लेख छ।

 

न्यायाधीशद्वय एके सिकरी र अशोक भूषणको इजलासले यस्तो आदेश गरेको हो। अदालतले निवेदकबाहेक पटका व्यापारी, केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डसँग समेत राय लिएको थियो। अदालतले आम नागरिकको स्वास्थ्य, व्यापार र चाडपर्व मनाउने पाउने अधिकारका बीचमा समन्वय हुने आवश्यक भएको भनेको छ।

 

अघिल्लो वर्ष प्रतिबन्ध थियो योभन्दा अघिल्लो वर्ष अदालतले प्रदूषणलाई ध्यानमा राख्दै दीपावलीभन्दा पहिले दिल्ली – एनसीआरमा बिक्री रोक लगाएको थियो। दीपावलीभन्दा पहिले ९ अक्टुबरमा सर्वोच्चले प्रतिबन्ध लगाउँदै १ नोभेम्बरमा मात्र खुला गरेको थियो।

 

२०१६को दीपावालीमा पनि प्रदूषणका कारण रोक लगाएको थियो। २०१७ मा दिल्ली – एनसीआरमा रोक लगाइएको थियो। १२ सेप्टेम्बर २०१७ मा सर्वाेच्चले यसअघिको आदेश संशोधन गर्दै केही शर्तसहित अस्थायी अनुमतिपत्रमा कटौती गर्न भनेको थियो। अर्को राज्यमा पटाका लैजानसमेत रोक लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्