उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

यसैगरी  काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार मात्र काठमाडौँ उपत्यकामा २ सय ३२ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६.६ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १४ हजार ७३९ संक्रिय संक्रमित छन् । आज नेपालमा १३ हजार २ सय ५३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ९ हजार ८३२ रहेका छन् । होम आइशोलेशनमा ६ हजार २८जना रहेका छन् ।

प्रकाशित : भदौ १०, २०७७

प्रतिक्रिया दिनुहोस्