लोक सेवा आयोगले सोध्ने महत्वपूर्ण २० प्रश्न (प्रश्न सँगालाे भाग–२)



१. राजा जनककी रानी नाम के हो ?

– सुनयना

२. नेपालमा निर्माण भएका प्यागोडा शैलीका मन्दिरहरुमध्ये सवैभन्दा पुरानो कुन मन्दिरलाई मानिन्छ ?

– चाँगुनारायण

३. चेपाङ जातिले आफ्नी छोरीलाई दाइजोको रुपमा के दिइन्छ ?

– चिउरीको बोट

४. २०५८ को जनगणना अनुसार नेपालमा अपाङगहरुको जनसंख्याा कति रहेको छ ?

– ०.४५ प्रतिशत

५. लोग्ने स्वास्नीको सम्वन्धविच्छेद गर्नुभन्दा अगाडी अंश छुट्याइदिनुपर्ने कानुनी व्यवस्था कहिलेदेखि लागू भयो ?

– वि.सं. २०५९–६–१०

६. प्रथम किराँती राजा को हुन् ?

– यलम्बर

७. रामको धनुलाई के भनिन्छ ?

– अजगव

८. नारी दिवस कहिले मनाइन्छ ?

– मार्च ८

९. विश्वको सबैभन्दा पूरानो धर्म कुन हो ?

– हिन्दू धर्म

१०. चिया खेतीका लागि कुन जिल्ला प्रसिद्ध रहेको छ ?

– इलाम

११. सवैभन्दा पहिले प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?

– अष्ट्रेलिया

१२. प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला को हुन् ?

– सुन्दरी श्रेष्ठ

१३. सर्वप्रथम मदन पुरस्कार पाउने साहित्यकार को हुन् ?

– पारिजात

१४. नेपालको पहिलो प्रधानमन्त्री को हुन् ?

– भिमसेन थापा

१५. नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?

– फोक्सुण्डो ताल

१६. लप्सीको बियाँलाई के भनिन्छ ?

– च्याम्पटी

१७. नेपालको सबैभन्दा ठुलो ताल कुन हो ?

– रारा ताल

१८. नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो ?

– स्वयम्भूनाथ

१९. कफी खेतीका लागि प्रशिद्ध जिल्ला कुन हो ?

– गुल्मी

२०. खुट्टामा कान हुने जीव कुन हो ?

– झ्याउकिरी

प्रतिक्रिया दिनुहोस्