यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु



एजेन्सी : भारतको राजधानी नयाँ दिल्ली नजिककै यमुना एक्सप्रेस राजमार्गमा भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । 

घाइतेहरूलाई तत्कालै उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान भएको सो घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्