तीन दिन नेपाल भारत सीमा बन्द हुने



जनकपुरधाम : भारत बिहारमा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारतको सीमावर्ती क्षेत्र तीन दिनसम्म बन्द गरिने भएको छ ।

नेपाल र भारत दुवै देशका सुरक्षा अधिकारीबीच भारत बिहारको सीतामढी जिल्लामा बिहीबार साँझ सम्पन्न संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगावै सीमावर्ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

सितामढी जिल्लामा मे ९ मा लोकसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनको सुरक्षालाई लक्षित गरी भएको बैठकमा भारततर्फ सीतामढी तथा नेपालबाट महोत्तरी, रौतहट र सर्लाहीका सुरक्षा निकायका अधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्