अमेरिका–चीन व्यापार वार्ता सम्पन्न



बेइजिङ एएफपी : संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताएका अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् । अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने अधिकारीहरुले बताएका छन् । 

विश्वका सर्वा्धिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूतरुपमा अगाडि बढेको छ । चीनको जनकङ्ग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता भएको हो । 

प्रतिक्रिया दिनुहोस्