नेविसंघको तदर्थ समितिमो उमेरको हद लागू हुदैन: प्रकाशशरण महत



काठमाडौं : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताएका छन् । पत्रकारहरुसंग कुराकानि गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने बताए ।

नेता डा महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ बर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्