मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन



काठमाडौँ : चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा ९ सदस्य उपसमिति गठन गरेको छ । 

गठित सो उपसमितिमा सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, मनकुमारी केसी र एकवाल मियाँ रहेका छन् । समितिको चैत १० गते बसेको बैठकले समितिका सभापति जयपुरी घर्तीलाई शुल्क अध्ययन उपसमिति गठन गर्न अधिकार सुम्पेको थियो । 

अध्ययन उपसमितिका संयोजकत्व राईले सो जानकारी दिँदै उपसमितिले आफ्नो कार्यक्षेत्र निर्धारण गरी  काम सुरु गर्ने जानकारी दिए । त्रिभुवन विश्वविद्यालयबाट छ वटा र काठमाडौँ विश्वविद्यालयबाट १२ वटा निजी मेडिकल कलेजले सम्बन्धन लिइ ती तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्