बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु



नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान १० बजेर ३० मिनेटमा कोभिड आईसीयू कक्षमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–७ कि ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार दम बढेपछि यही भदौ ३ गते नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी महिलाको पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि कोहोलपुर पठाइएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार पनि बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्