चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश अस्पताल बन्द



सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

उपचारमा खटिँदै आएका चिकित्सकलाई कोरोना संक्रमण भएपछि एक हप्ताका लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।

अस्पतालका अनुसार दुईजना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एकजना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. खड्काले बताए ।

प्रकाशित : भदौ ११, २०७७

प्रतिक्रिया दिनुहोस्