प्रदेश २ को एसईई परीक्षा स्थगित, नयाँ तालिका पछि प्रकाशित हुने



काठमाडौं : सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ मा एसईईका बाँकी सबै परीक्षा स्थगित गरिएको हाे । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्रालयले प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो । 

प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

परीक्षा तालिका पछि प्रकाशित हुनेछ ।

भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ ।

अन्यत्र भने ताेकिएकै मिति र समयमा परीक्षा हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्