भक्तपुरमा ट्यांकरको ठक्करबाट भ्यान चालकको मृत्यु, ३ जना घाइते



काठमाडौंः भक्तपुरमा ट्यांकरको ठक्करबाट मिनि भ्यान चालकको मृत्यु भएको छ भने सहचालकसहित ३ जना घाइते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत बाँसघारीस्थित जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ५३२२ नं.को तेल बोक्ने ट्याङ्करले विपरीत दिशातर्फबाट आइरहेको बा २१ च ८८०५ नम्बरको मिनि भ्यानलाई ठक्कर दिँदा चालक झापा अर्जुनधारा नगरपालिका-२ का २६ वर्षीय मिलन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट सख्त घाइते मगरको उपचारको क्रममा डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी चक्रराज जोशीले बताए ।

दुर्घटनाबाट भ्यानका सहचालकसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा सहचालक मोरङ अमरदहका १५ वर्षीय विवेक राजवंशी, मिनि भ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उनका १९ महिने छोरा मेडिड छन् ।

घाइतेहरुको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सहचालक राजवंशीको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए ।

प्रकाशितः ११ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्