कोरोना संक्रमण भएको थाहा नै भएन



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड– १९ बाट कुनै पनि देश अछुतो रहेन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट हाम्रो सुन्दर नेपाल पनि आक्रान्त बन्यो ।नेपालमा पनि दिन प्रतिदिन कोरोना भाइरसको लक्षण देखिन थाल्यो । यसको राकथामको एउट मात्रै उपाय रहेको भन्दै सरकारले गत चैत ११ गतेबाट देशव्यापी रुपमा लकडाउनको घोषणा ग¥यो ।

एउटा सभ्य र इमान्दार नागरीकको हैसियतले घरमै रहेर लकडाउनको पालना गरे । पुरै लकडाउन अवधिभर अतिआवश्यक काम बाहेक बाहिर ननिस्कने मान्छेमा म पनि परे । लकडाउन अन्त्य नभएपनि साउन ७ गतेबाट केही खुकुलो भयो । साउन १० गते भने काम विषेशले म लगायत अन्य ४ जना साथी राजधानी (काठमाडौं) गयौं । त्यो पनि एकदम सतर्कताका साथ । साउन १५ गते काठमाडौंबाट फर्किने बेला २१ घण्टाको लामो जाम र पानीलाई छिछोल्दै १६ गते वीरगंज आइपुगे । अर्थात घर । लामो यात्राका कारण थकान र जिउ दुखाई थियो । तर आफै केही दिनमा ठिक भयो ।

कसरी भए संक्रमित?
पार्टीको एकजना जिम्मेवार नेतालाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखा पर्न थाल्यो । उनी अस्थायी गण्डक कोभिड अस्पतालमा भर्ना भई उपचार गराए । उनको पीसीआर परीक्षणको लागि स्वाव पनि दिए तर उनीमा कोरोना संक्रमण देखिएन । उनको पहिलो परीक्षणको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आयो । कोरोना संक्रमित नभएकाले उनलाई वीरगंजको एउटा अस्पतालमा सिफ्ट गरियो । साउन २१ गते उनलाई भेट्न जाने निधो गरियो । हामी उनलाई भेट्न पुग्यौं ।

उहाँलाई हामी दाई भनेर सम्बोधन गछौं । दाईलाई खोकी भने लगातार लागिरहेको थियो । हामी त्यही कोठामा बसेर कुराकानी ग¥यौं । आखिर कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ थियो । डराउनु पर्ने कुुनै कारण थिएन । मैले दाईको मोबाइल पनि प्रयोग गरेको थिए । लगतै तल गए र पानी पिए । तर पछि दाईको स्वास्थ्य थप बिगँ्रदै गयो र उहाँलाई हेलिकप्टरबाट काठमाडौं लगियो ।

उहाँलाई भेटेर घर आए । त्यसपछि तातो पानी र डेटोल साबुनले हात मुख धोए । त्यो रात म छोरीसँगै सुते । तर त्यो दिनको भोलिपल्ट मैले भेटेर आएको दाईलाई कोरोना संक्रमण भएको पुष्टि भएको खबर आयो । म उहाँको सम्पर्कमा आएको हुनाले म लगायत हामी सात जना ‘सेल्फ आइसोलेट’ भयौं ।

हामी सात जान । पुरानो चिनजान । सेल्फ आइसोलेट भएका थियौं । अब दिन त काट्नै प¥यौं । हाम्रो डेली रूटिन भनेकै लुडो खेल्ने भयो ।

हामी सेल्फ आइसोलेट भएको ५ औं दिन अर्थात साउन २६ गते पीसीआर परीक्षणको लागि स्वाव दियौैं । र त्यसको तीन दिनपछि श्रावण २९ गते नारायणी अस्पतालका मे.सु.डा.मदन उपाध्यायले फोन गरे र भने– ‘प्रभाकर जी तपाई लागाएत ३ जना साथीको पीसीआर रिपोर्ट पोजेटिभ आयो ।’
सूचना आएको पनि राती ११ बजे । एकछिन् त आतेस पनि लाग्यो । तनाव सृर्जना भयो । हामी संक्रमितहरू छुटिएर बस्यौं ।

पहिलो दिन
विभिन्न सञ्चार माध्यमबाट र समाजिक सञ्जालमा खबर प्रकाशित भयो । मेरो आफन्त साथी भाई तथा मेरो सुभचिन्तकहरू लगाएत पार्टीका नेतागण र मेरो संगठनका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमिति सबैजनाले फोनको माध्यमबाट स्वास्थ्य स्थिती बुझ्नुको साथै स्वास्थ्य लाभको कामना पनि गरे ।

सात दिनको सेल्फ क्वारेन्टाईनको बसाई पछी होम क्वारेन्टाईनमा बस्ने निधो गरियो । परिवारसँगको छलफल पछि । घर आउन साथ मेरो आफन्त र छिमेकीहरूले मलाई सहानुभुितका साथै स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।

साथीहरूले फोन र सामाजिक सञ्जाल मार्फत मरो अवस्था बुझ्नु भयो । परिवार, छिमेक अनि मित्रहरूको माया, पे्रम र सदभावले मनमा उर्जा थपिदियो । आफू ठिक हुँदै गएको पनि अनुभव गरे ।

गेटमै खाना दिएको त्यो क्षण
सेल्फ आइसोलेट हुने निर्णय गरेपछि म मेरो घर भन्दा करिब ५०/६० मि.को दुरीमा थिए । रहरले नभएपनी बाध्यताले मेरो श्रीमती खाना ल्याएर गेटमा राखिन् । उनले अनुहार मलिलो बनाउँदै ‘केही हुँदैन बाबा चाडै निको हुनुस् भनिन्’ । उनले यति भन्दा मनमा उर्जा थपियो ।

मलाई त्यसपछि महशुस भयो महिला, दलित समूदायमाथि हामी कति ठूलो अतयाचार गर्दौ छौं । समाजको शुरुवातदेखि उनीहरूले भोग्दै हाएको अपमान र पिडा मैले बुझे । मलाई त के नै थियो र ? कोरोना संक्रमण मात्रै त भएको थियो । एक रोग । जुन म पराजित गर्न सक्छु भने आत्माबल थियो । तर हाम्रो समाजले दलित भनेर वर्गिकरण गरेको जुन समुदाय छ कति पिडा हुँदो हो, जब उनीहरू छोएको पानी हामी पिउँदैनौं । खाना हामी खाँदैनौं । हामी उनीहरूको घरमा जाँदैनौं । हाम्रोमा आउँन दिँदैनौं । हाम्रो मुखबाट उनीहरूका लागि निक्लेका अपहेलितका शब्दले र हाम्रो व्यवहारले उनीहरू कति रूवायो होला ।

२१ औं शताब्दीसम्म आइपुग्दा पनि हामीले हाम्रो सोच परिवर्तन गर्न सकेनौं । महिलाहरू अझै पनि राजस्वाला हँुदा छाउगोठमा बस्नु पर्ने बाध्यता छ । महिलाहरूको प्राकृतिक अथवा भौतिक शारिरको बनावटकै आधारमा शारिरिक परिवर्तन हो । तर हामी हन्दु धर्म र संस्कृतिले महिलाहरूमाथी ठुलो बिभेद गर्छ ।

खानपिन र व्यायाम
साथीभाईहरूको सल्लाहमा शरिरको रोग प्रतिरोगघात्मक क्षमता बढाउन मैले हर एक प्रयास गरे । दैनिकी टाईम टेबल बनाए त्यस अनुरुप नै मैलै आफ्नो दैनिकी चलाउँछु भनेर सोचे । चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरूको सल्लाहमा खान, पानी र औषधी दिनहुँ सेवन गरे ।

दैनिकी जीवनमा परिवर्तन
अन्य समयामा प्राय ७–८ बजे उठने मान्छे म । शुरुमा मेरो सुताई नै कम भयो । ५ बजे उठ्न थाले । नृत्य कर्म गरी आफ्नो कोठामा कुचो लगाउने देखी लिएर सरसफाई गर्न बानी बसाले । ६ बजे हल्का व्यायाम गरेर बेसार र तातो पानी खाने र त्यसपछी हल्का खाजा खाने मेरो रूटिन ने बन्यो । भिटामिन टबलेट खाने नुहाई धोवाई गरिसकेपछी आफुले लगाएको कपडा धोई कोठामै सुकाउने काम पनि मेरो आफै भयो ।

खाना खाई सकेपछि खाएको पता कोठामै जलाई दिन समेत गरे । त्यस पछि फेरी औषधी खानु र हल्का आराम गरी केही पढने र लेख्ने बानी बसाले । दिउँसोको खाजा खाई सकेपछी हल्का फेरी आराम गर्ने र रातीको खाना खाएर १० बजे सुत्ने । यसरी नै मेरो १४ दिन होम आइशोलेशनमा बस्ने प्रयास पनि गरे ।

संक्रमितलाई हौसला प्रदान
म कोरोना संक्रमित भइसकेपछी अन्य संक्रमितहरु मसँग जोडने प्रयास गरे । मैले कोरोनाको भय र त्रास कम गर्ने अठोट गरे । संक्रमण हुन सक्छ तर हार मान्नु हुनन् भन्ने संकल्प गरे । सबैको कनमा पैदा भएको डर कम गर्नका लागि विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको सहयोग लिएर र सचेतनाको काम समेत आइसोलेशनबाटै गरे ।

कोभिड–१९को प्रभाव समाजमा परेको छ । नकरात्मक प्रभाव पारेको छ र रोग हो जसरी लिइरहेका छैनौं तर सामाजिक बहिष्कार गर्नु पर्छ भन्ने मान्यता र सोचको विकास हामी गरिरहेका छौं ।

संस्कृतिक क्षेत्रमा परेको प्रभाव कोरोना भाइरस हल्ला चलेसंगै हामी सस्कृति, धर्म परम्परामाथी पनि ठुलो अघात पुगेको छ । पर्वहरू पनि आफ्नो परिवारहरू सँगै बसेर मनाउन पाइरहेका छैनौं । मठ, मन्दिर, मस्जिद, गुम्बा आदी सबै बन्द भएका छन् ।

आर्थिक क्षेत्रमा परेका प्रभाव
कोरोनाले जसरी विश्वव्यापी रुपमा आफ्नो पकड जमाउँन सफल भएको छ । ठिक त्यसको विपरित अर्थतन्त्रमा ठूलो गिरावट तथा मन्दि छाएको छ । सबै उद्योग कलकारखाना बन्द छन् । उत्पादन ठप्प छ । आयात निर्यातमा कमी छ । त्यसकारण अर्थतन्त्रको समस्या विकासउन्मुख देशलाई छ ।
तर कोरोनाले व्यपार र व्यवसायमा एउटा सकारात्मक पक्ष पनि सिकाएको छ । उधारोको कारोबार पूर्ण बन्द गरी नगदको व्यापार सिकाएको छ ।

अन्तमा
म संक्रमणबाट मुक्त भइसकेपछी समाजमा परेको यसको नाकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट होस या स्थानिय प्रहरी प्रशासन र वडासँगको सहकार्यमा होस् म सबै वर्गका संक्रमितको घाउमा मलहम लगाउने अभियानमा जुटने छु ।
(यो लेख प्रभाकर गुप्ताको हो । उनी अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्