नेकपा सचिवालय बैठक स्थगित



काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ ।

सदस्यहरुलाई अब बैठक १८ गते बस्ने जानकारी दिइएको छ । ‘भोलिका लागि तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भने । बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्