७ सय ७९ सवारीसाधनमाथि कारवाही



विदुर : बढी भाडा बढी लिने नौ सवारीसाधन र कागजपत्रबिनै चलाउने ७ सय ७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ ।

 

बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 

दसैंका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारीसाधन जाँचमा कडाइ गरेको छ । 

 

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दसैं मनाउन घर फर्कने र मनाएर काठमाडाैं फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो ।

 

ट्राफिक कार्यालयले एक हप्तामा रु ६ लाख ६६ हजार राजस्व पनि उठाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्