फेसबुकमा महिला बनेर ठग्ने व्यक्ति पक्राउ



काठमाडौंः सामाजिक संजाल फेसबुकमा महिला बनेर ठग्ने गर्ने ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको मोहन्याल गाउँपालिका वडा नं.३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने २७ वर्षिय धन बहादुर शाही रहेका हुन् ।

सामाजिक संजालबाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट आईडी खोली साथी बनाई कुराकानी गरी लोभ, प्रलोभनमा पारी, माया जालमा पारी विभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम भर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक-पटक ब्ल्याकमेलिङ गरी ठगी गरेको आरोपमा कोटेश्वरबाट प्रहरीले हिजो पक्राउ गरेको थियो ।

उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशितः १२ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्