अंक दूरी बढाउने दाउमा बार्सिलोना



एजेन्सी : ला लिगाअन्तर्गत आज राति बार्सिलोनाले घरेलु मैदानमा स्पानियोलसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार खेल राति नौ बजे हुनेछ। लिगमा सबैको २८ खेल सकिँदा बार्सिलोना शीर्ष स्थानमा फराकिलो अग्रतासाथ कायम छ।

दोस्रो स्थानको एट्लेटिको म्याड्रिड बार्सिलोनाभन्दा १० अंकले पछि छ। पछिल्ला पाँच खेलमा अपराजित यात्रा तय गरेको बार्सिलोनाका लागि आजको खेल खासै चुनौतीपूर्ण नहुन सक्छ। किनकी उसको प्रतिद्वन्द्वी टिम स्पानियोल अंक तालिकाको १३ औं स्थानमा छ। पछिल्ला पाँचमध्ये एक मात्र जित निकालेको उसले तीन वटा खेलमा बराबरी गरेको छ।

यसै सिजनको अघिल्लो खेलमा स्पानियोललाई उसैको मैदानमा ४–० ले हराएको बार्सिलोनालाई आजको खेल पक्कै सहज छ। तर, अघिल्ला दुई खेलमा भ्यालेन्सिया र एथ्लेटिको बिल्बाओ जस्ता प्रभावशाली क्लबलाई बराबरी रोकेको स्पानियोलले बार्सिलोनासँगलाई पनि कडा टक्कर नदेला भन्न सकिन्न। स्पानियोलले ला लिगाको ११ औं पटक उपाधि उचालिसकेको छ। 

 

प्रतिक्रिया दिनुहोस्