कैलालीमा थप ५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय



कैलाली : कैलालीमा थप ५ दिन निषेधाज्ञा लम्बाउने निर्णय भएको छ ।

आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ ४ गतेदेखि जारी निषेधाज्ञा १९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको थियो ।

जिल्लामा कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको उनले बताए । यद्यपी निषेधाज्ञाका नियमहरू भने यथावत रहने छन् ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्