ब्लड क्यान्सरबाट पीडित बालकको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारको अपिल



जनकपुरधाम : ब्लड क्यान्सरबाट पीडित धनुषाका २ वर्षीय एक बालकलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै बालकको परिवारले सहयोग मागेको हो । धनुषाको सबैला नगरपालिका–१० निवासी राजेश कापरले ब्लड क्यान्सरबाट पीडित आफ्नो २ वर्षीय छोरा रितिक कापरको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन् ।

राजेशका छोरा रितिकको हाल काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ । बच्चा ठिक हुन झण्डै १२ देखि १५ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले जानकारी गराएका छन् ।

जन्मिदा स्वस्थ्य जन्मेको राजेशका छोरा रितिकलाई २०७६ चैत ७ गते ब्लड क्यान्सर भएको चिकित्सकले पत्ता लगाएका थिए । चिकित्सकले रितिकलाई तुरुन्तै उपचार गर्ने सुझाव दिएपछि कापर परिवारले जेनतेन रकम जुटाइ रितिकलाई कान्ति बाल अस्पतालमा भर्ना गराएका छन् । रितिक अझैपनि उपचारकै क्रममा छन् ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गराउँदै आएको कापर परिवारलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेको छ । उपचारका लागि ठूलै रकम लाग्ने अवस्था छ,‘ राजेशले भने, ‘आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेको छु, सबैले सहयोग गरिदिए मेरो छोरा अवश्य बाँच्ने छ ।’

रितिकको उपचारका लागि काठमाडौंस्थित एभरेष्ट बैंक लिमिटेडमा राजेश कापरको नाममा रहेको खाता नम्बर ०१४००५०१२११३३७ वा ई–सेवा ९८१७६८९२७९ मार्फत रकम जम्मा गरिदिन उनले सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्