दुर्घटनामा प्रहरी हबल्दार मण्डलको मृत्यु



सुनसरीः सुनसरी सदरमुकाम इनरुवा-९ बबियास्थित भित्री सडकमा आज (शनिबार) मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ ।

सप्तरी बलानका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबल्दार विजयकुमार मण्डलको मृत्यु भएको हो ।

सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले दिएको जानकारी अनुसार को १ प २११५ नं.को मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगर लगिएको थियो । उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशितः १३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्