विधि र पद्धतिअनुसार पार्टी चल्न सकेनः काङ्ग्रेसका नेता सिंह



काठमाडौँ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्धतिअनुसार पार्टी चल्न नसकेको बताएका छन्।

नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले शनिवार आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्धतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए ।

पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन् कमजोर बनाउँदै गएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्