स्याङ्जामा एम्बुलेन्स दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर



स्याङ्जा : स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट चापाकोट फर्केको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान ४ बजे वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्रि सडक खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगेनी रहेका छन् । उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी दुर्घटनामा परी चापाकोट नगरपालिका–९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । उनीहरुको वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्