वीरगन्ज : नेपालको संविधान २०७२ मा जनताको अवधारणा भन्ने विषयमाथि अाज वीरगन्जमा भएकाे बहस कार्यक्रममा राजपा अध्यक्ष मण्डलका नेता तथा संयाेजक महन्थ ठाकुरले अहिलेकाे संविधान मधेश र मधेशीका लागि अस्वीकार्य भएकाे बताएका छन् ।
वीरगन्जको टाउन हलमा आयोजित दुर्इदिने बहस कार्यक्रमलाई सम्बाेधन गर्दै ठाकुरले भने, ' अझै सरकार गम्भीर नभए स्वतन्त्रताकाे लड़ाइँका लागि मधेशीहरु एकजुट भएर अगाडि बढ्छन् ।
ठाकुरले सरकार अझै सचेत नभए मधेशमा स्वतन्त्राकाे लडाइँ चल्ने र यसलाई कसैले पनि रोक्न नसक्ने बताए ।
मधेशमा पुनः आन्दोलनको बिस्फोटन हुनेतर्फ संकेत गर्दै ठाकुरले प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ जे गर्नु छ गरिहाल्नुस् हाेइन भने ढिला भन्दै संविधान संशाेधनतिर लाग्न घुमाउराे भाषामा चेतावनी दिए । ठाकुरले भने, 'यो संविधान प्राणबिनाको शरीर जस्तै छ। हामी अझै संघर्ष मै छौं ।'मधेशीहरु अझै बन्दी जीवन बिताउन बाध्य भएका उनले बताए ।
फाेरम अध्यक्ष उपेन्द्र यादवतर्फ संकेत गर्दै उनले भने, 'हाम्रा साथी सरकारमा छन्, तर हामी छैनाैं । तर हामी अाफ्नो निर्णयबाट पछि हटेका छैनाैं ।
संविधान दिवसलार्इ प्राथमिकतामा राखेर आयोजक सानो पाइलाले अन्य संस्थाको सहयोगमा पर्साको वीगन्ज आदर्श नगरमा अवस्थित टाउन हलमा आयोजित कार्यक्रममा सहिद परिवार समेतलाई सम्मान गरियाे ।
दुर्इ दिनसम्म चल्ने कार्यक्रममा लेखक खगेन्द संग्राैला, दमननाथ ढुंगाना, सुन्दरमणि दीक्षित, सीके लाल, तुलानारायण साह, दीपेन्द्र झा, लक्ष्मणलाल कर्णलगायत दिग्गजहरुको समेत उपस्थिति रहेको आयोजक संस्थाका कन्चन झाले जानकारी दिए ।