राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन



काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बागमती अञ्चलका पाँच जिल्लाबाहेक सबै शाखाबाट खाता खोलेका ग्राहकको खाता नम्बर परिवर्तन गरिएको बैंकले जनाएको छ ।

साथै यसअघि १२ वटा अंक भएको खाता नम्बर रहेकोमा अब नम्बर परिवर्तन गरी १६ अंकको कायम गरिएको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकलाई भने एमएमएसबाट नयाँ खाता नम्बरबारे जानकारी पठाइएको छ ।

आफ्नो खाता नम्बर परिवर्तन भइसकेपछिको नयाँ नम्बर मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङबाट वा कार्यालयमा फोन गरेर समेत जानकारी लिन सकिने व्यवस्था उपलब्ध गराइएको बैंकले जनाएको छ ।

रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका शाखाहरुबाट खाता खोलेका ग्राहकको भने खाता नम्बर परिवर्तन नभएको बैंकले जनाएको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्