इण्डियन प्रिमियर लिग : सन्दीप दिल्लीको टिममा, कोलकाताविरुद्ध खेल्दै



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सको पहिलो रोजाइमा परेका छन्। उनी कोलकाता नाइट राईडर्सविरुद्धको खेलमा पहिलो रोजाइमा परेका हुन्। सन्दीप र क्रिस मोरीस यस खेलका लागि विदेशी खेलाडीको रुपमा टोलीमा परेका हुन्।

यसअघिको खेलबाट किमो पल टोलीमा परेका छैनन्। दिल्लीले अमित मिश्रा र सन्दीपलाई स्पिनरको रुपमा खेलाउँदै छ। यसअघिका दुई खेलमा सन्दीप टोलीमा अटाउन सकेका थिएनन्।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ। कोलकताले ब्याटिङको निम्तो पाएको छ। दिल्लीले आजको खेलमा खेलाडी मात्र परिवर्तन गरेको छ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा, हर्षल पर्टेल

प्रतिक्रिया दिनुहोस्