पर्सामा थप ४७ जनामा कोरोना संक्रमण



पर्सा : पर्सामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या दुई हजार एक सय ४२ पुगेको छ ।

शनिबार रातिनारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

जसमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २६ जना र पर्साको पोखरिया नगरपालिकाका १२ संक्रमित थपिएका छन् । बाँकी सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएका संक्रमित रहेको उनले जानकारी दिए ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्