आइपिएलको पहिलो खेलमै सन्दीपले लिए विकेट



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।

दिल्ली क्यापिटल्सको पहिले रोजाईमा पर्दै कोलकाता नाइट राइडर्सविरुद्ध पहिलो खेल खेलेका सन्दीपले सुरुवाती दुई ओभरमा १ विकेट लिँदै मात्र ७ रन खर्चेका छन्। उनले आफ्नो दोस्रो ओभरको चौथो बलमा निखिल नाइकलाई बोल्ड गरेका छन्।

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र १ रन खर्चे। पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो। 

प्रतिक्रिया दिनुहोस्