मेयर महतो चढ्ने सरकारी गाडी ‘टिकटक’ बनाउन प्रयोग (भिडियोसहित)



जनकपुरधाम : तपाईंले कहिले बनभोजमा त कहिले व्यक्तिगत काममा सरकारी कर्मचारी वा जनप्रतिनिधिहरुले सरकारी गाडीको दुरुपयोग गरेको पक्कै पनि हेर्नुभएको वा सुन्नुभाको होला । तर, सरकारी गाडीको प्रयोग गरेर कहिले कसैले ‘टिकटक’ भिडियो बनाएको हेर्नुभाछ ?

हेर्नुभएको छैन भने एकचोटी तलको दृष्य हेर्नुस्….

क्रेज पनि यतिसम्म कि अब बुवाले प्रयोग गरिरहेको सरकारी नम्बर प्लेटको गाडीमा छोराले ‘टिकटक’ भिडियो नै बनाउन थालेका छन् ।

माथिको टिकटक भिडियोमा देखिएका युवक महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका छोरा जितेन्द्र कुशवाहा हुन् । र भिडियोमा प्रयोग गरिएको बा २ झ ४०२२ नम्बरको झण्डाबाला सरकारी गाडी मेयर महतोले प्रयोग गरिरहेको गाडी हो ।

अब सरकारी गाडीको दुरुपयोग यतिसम्म कि त्यसमा ‘टिकटक’ भिडियो नै बनाउने है ? भन्ने र सुन्नेबाला कोहि भए पो !

पछिल्लो समय विभिन्न बाहानामा सरकारी गाडी दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ। जनप्रतिनिधी र कर्मचारीले व्यक्तिगत काम प्रयोजन, सार्वजनिक विदा, आफन्तको विवाह लगायतमा सरकारी गाडीको प्रयोग गर्ने गरेका छन् । अब भने ‘टिकटक’ भिडियो बनाउनका लागि समेत सरकारी गाडीकै प्रयोग ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्