सिन्धुपाल्चोकमा निषेधाज्ञा तीन दिन थपियो



सिन्धुपाल्चोक : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागू गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागू गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गरेका छन् ।

त्यस्तै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको पनि बताइएको छ । जिल्लामा हालसम्म कोभिड–१९ बाट सङ्क्रमित ९९ जना पुगेका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्