लक्ष्मी इक्वीटी फण्डले नगद लाभांश वितरण गर्ने



काठमाडौं : लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले नगद लाभांश वितरण गर्ने भएको छ । लक्ष्मी इक्वीटी फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको हो ।

फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाको इकाईधनीहरुलाई करसहित ४.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव गत शुक्रबार सम्पन्न संस्थाको ६० औँ सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई संस्थाको आगामी साधारणसभाले पारित गरेपछि इकाईधनीहरुले सो मात्राको नगद लाभांश पाउने छन् ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्